शहरमा हवाईजहाजको गोठालो गर्दैछु – मन्त्री किराती


Capital Headline
प्रकाशित मिति : मंगलबार, बैशाख १२ २०८०
2.1K
SHARES

१२ वैशाख काठमाडौं ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले गएराति फ्लाइ दुबईको विमानमा चरा ठोक्किएको अहिलेसम्म पुष्टि नभएको बताएका छन् । काठमाडौंबाट उडेलगत्तै फ्लाइ दुबईको विमानबाट विस्फोटको आवाज आएको थियो । त्यो जहाज केहिबेर काठमाडौं र धादिङको आकाशमा राउण्ड लगाएर आफ्नो गन्तब्य दुबई नै गएको थियो ।जहाजमा चरा ठोक्किए पनि दुबईमा सकुशल अवतरण गरेको फ्लाइ दुबईले जनाएको छ ।

तर मन्त्री किरातीले भनेका छन्, ‘ गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाइजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ । आजराति मैले राम्ररी थाहा पाएँ । र जहाँ सम्म जहाजमा चरा ठोकिएको हल्ला अहिलेसम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु । मन्त्री किराँतीले नकरात्मक हल्लाको पछि नलाग्न पनि सबैलाई अनुरोध गरेका छन् ।

‘कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं,’ उनले फेसबुकमा लेखेका छन्, ‘कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ ।’

मन्त्री किरातीको फेसबुक स्टाटस जस्ताको तस्तै :

गाउँमा गाई भैंसी गोठालो गरेर आएको मान्छे हुँ, आज शहरमा हवाईजहाजको गोठालो गर्दैछु। गाई भैंसी भन्दा हवाईजहाजको गोठालो गर्न धेरै कठिन रहेछ। आज राति मैले राम्ररी थाहा पाएँ । र जहाँसम्म जहाजमा चरा ठोकिएको हल्ला अहिले सम्म प्रमाणित नभएको कुरा पनि सबैमा स्पष्ट गर्दछु ।

कृपया मेरो सबैमा बिन्ती छ नकरात्मक हल्ला गर्ने बानी हामी सबैले छोडौं । “कागले कान लग्यो भनेर कागलाई खेद्नु भन्दा पहिला आफ्नो कान छाम्नु पर्छ नत्र लडिन्छ |” मेरो आमाले भन्नुहुन्थ्यो ।