अखिल (क्रान्तिकारी) ले सुरु गर्यो डिजिटल सदस्यता अभियान


Capital Headline
प्रकाशित मिति : शुक्रबार, बैशाख १५ २०८०
5.8K
SHARES

१५ वैशाख काठमाडौ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले आज काठमाण्डौ को नया बानेश्वरमा एक कार्यक्रमको आयोजना गरी संगठन का सम्पूर्ण गतिविधि लाई आफ्नो वेब साइट www.annisurevolutionary.com मार्फत जानकारी गराउन र उक्त वेब साइट बाट आफ्ना सदस्य हरुलाई अनलाइन बाटै सदस्यता प्रदान गर्नका लागि डिजिटल सदस्यता वितरण अभियान २०८० सञ्चालन गरेको हो । कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रिय संयोजक पवन कार्की ले आफ्नो सदस्यता अनलाईन मार्फत दर्ता गरी अभियानको उद्घाटन गरेका छन् । अब अखिल (क्रान्तिकारी) को सदस्य बन्न विद्यार्थीहरूले अनलाइन आवेदन गर्नु पर्ने छ । आवेदन पश्चात उनीहरूले डिजिटल क्युआर कोड मार्फत आफ्नो सदस्यता न. सहितको डिजिटल कार्ड ईमेल मार्फत प्राप्त गर्नेछन् ।

 

यो अभियान बाट अखिल (क्रान्तिकारी) ले दुई लाख सदस्यता वितरण गर्ने संगठनका प्रवक्ता उपदेश यादवले जानकारी दिएका छन् । वेब साइट मार्फत संगठनका सम्पूर्ण गतिविधि सार्वजनिक गरिने छ भने सम्पूर्ण तहका कमिटी हरु केन्द्रिय समिति,प्रदेश समिति, राष्ट्रिय समिति ,जिल्ला समिति,स्थानीय तहका समिति , क्याम्पस सामिति र इकाई समिति हरुको विवरण पनि प्राप्त गर्न सकिने छ । जसका लागि www.annisurevolutilnary.com मा जानु पर्नेछ । यो अभियान अखिल क्रान्तिकारी को सबै तहको कमिटीमा एक महिना सम्म अभियान कै रूपमा चल्ने प्रवक्ता उपदेश यादवले बताए ।