यो सरकार पाँचै वर्ष टिक्छ – प्रधानमन्त्री प्रचण्ड


Capital Headline
प्रकाशित मिति : सोमबार, बैशाख १८ २०८०
1.6K
SHARES

१८ बैशाख चितवन । प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकार परिवर्तन हुने कुनै संभावना नरहेको बताएका छन् । आज चितवनको शिवनगर स्थित आफ्नै निवासमा पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा बोल्दै प्रचण्डले यो सरकार पाँचै वर्ष टिक्नेमा शंका नगर्न आग्रह गरे ।

उनले रास्वपालाई सरकारमा ल्याउने विषयमा छलफल भएको र केही दिनमा टुंगोमा पुग्ने पनि बताए । रवि लामिछानेले पुरानै मन्त्रालय माग्नु अस्वभाविक नभएको भन्दै तर त्यही नै हुन्छ भन्ने नभएको पनि बताए । प्रचण्डले लामिछानेलाई संकेत गर्दै भ्रष्टाचारको कुन कुन फाईल खोल्नु पर्ने हो त्यसका लागि आफू तयार रहेको पनि बताए ।