टोपबहादुर खोज्दै प्रहरी, पक्राउ परेका छैनन्
२२ वैशाख काठमाडौं । नेकपा (एमाले)का सचिव एवं सांसद टोपबहादुर रायमाझी अहिलेसम्म (शुक्रबार बिहान १० बजेर ७ मिनेट) पक्राउ परेका छैनन् ।
उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ । “पक्राउ पर्नुभएको छैन,” नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी कुबेर कडायतले भने, “हामीले खोज्दै छौँ । फेला पर्नुभएको छैन ।”
नक्कली भुटानी शरणार्थी प्रकरणमा उनीविरुद्ध गएको बुधबार काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै रकम ठगीसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ पुर्जी जारी भएको हो ।