जापानमा सवारी दुर्घटना : दुई नेपाली बिधार्थीको मृत्यु


Capital Headline
प्रकाशित मिति : बुधबार, जेष्ठ ३ २०८०
2K
SHARES

३ जेठ काठमाडौं । जापानमा बस दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ । सेन्दाईस्थित सहरमा मंगलबार साँझ बस दुर्घटना हुँदा दुई जना नेपाली विद्यार्थीको मृत्यु भएको जापानी सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

मृत्यु हुनेमा काभ्रेका नवराज तामाङ र युवराज थापा रहेका छन् । थापा सेन्मोन गाक्कोउ तथा तामाङ निहोनगो गाक्कोउमा अध्ययनरत रहेको पनि जापानी मिडियाहरुले जनाएका छन् । सेन्दाईबाट इवातेका लागि हिँडेको बसलाई पछाडिबाट ट्रकले ठक्कर दिँदा सो दुर्घटना हुन पुगेको थियो । जसमा दुई नेपालीसहित तीन जनाको मृत्यु भएको थियो ।