एमाले भ्रष्टाचारमा संलग्न हुँदैन – अध्यक्ष ओली


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ९ २०८०
3.6K
SHARES

९ जेठ काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले भ्रष्टाचारमा संलग्न नभएको र नहुने दाबी गरेका छन्  मंगलबार पार्टीको २३ जनवर्गीय संगठनको भेलामा उनले मूल्यमान्यताविपरीत कोही गए कारबाहीमा पार्टीमा आफैँ अघि सर्ने बताए ।

“एमाले कुनै भ्रटाचारमा संलग्न थिएन, हुँदैन । यदि कसैले एमालेभित्र रहेर पनि एमालेका आदर्श, यसका मूल्यमान्यताविपरीत, यसका उद्देश्यहरूलाई आघात पुग्ने गरी कुनै प्रकारका अनुचित, अनैतिक क्रियाकलाप गर्छ भने त्यस्तोमा कारबाही गर्न आफैँ अग्रसर हुन्छ,” ओलीले भने ।

उनले भ्रष्टलाई साथ नदिइने पनि बताए । ओलीले मान्छेको नैतिकता, आदर्शबाट च्युत भएपछि आत्मा मरेको हुने बताए ।  “नेकपा एमाले आत्मा मरेका, बेइमानहरूको पार्टी होइन,” ओलीले भने ।  उनले सञ्जाल र मिडियालाई प्रयोग गरेर नाम उच्चरण गर्न लगाएर एमालेलाई मुछ्न खोज्ने र हिलो छ्यापे सह्य नहुने बताए ।