पक्रेर मलाई पनि हतकडी लगाउँछन् भनेर सम्पर्कविहीन भएँ – नेता रायमाझी


Capital Headline
प्रकाशित मिति : मंगलबार, जेष्ठ ९ २०८०
2.3K
SHARES

९ जेठ काठमाडौ । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी आरोपमा पक्राउपछि हाल प्रहरी हिरासतमा रहेका पूर्वउपप्रधानमन्त्री एवं सांसद टोपबहादुर रायमाझीले प्रहरीसँगको बयानमा आफू भाग्नुका कारणदेखि गृहमन्त्रालयमा भएको लेनदेनसम्मका कुराहरु भनेका छन् ।

उनले बयानमा भनेका छन्, ‘मेरो छोरा पक्राउ परी हत्कडी लगाएको खबर सुनेकोले आफूलाई पनि पक्राउ गरी हतकडी लगाउँछन भन्ने लागेकोले मन विग्रिएको हुँदा केही अवधि सम्पर्क विहीन भएको थिएँ, सोही क्रममा प्रहरीले खोजतलास गर्ने क्रममा पक्राउ परेको हो ।’

साथै, काम विशेषले गृहमन्त्रालयमा जाँदा आफूले लेनदेनसम्बन्धी ईन्द्रजीत राई, सानु भण्डारी र केशवप्रसाद दुलालबीच विवाद भएको सुनेको पनि बयानमा भनेका छन् । उक्त घटना २०७७ पुस १६ गते आफू काम विशेषले गृहमन्त्रालय गएको बखत सुनेको उनले बताएका छन्
।