ओलीको राम राज्य – नेता तामाङ
१० जेठ काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रंजित तामाङले आज आफ्नो सामाजिक संजाल फेसबुकमा एमालेले अहिले गरेको नीति तथा कार्यक्रमको विरोधको बारे आफ्नो कुरा उल्लेख गरेका छन । नेता तामाङले निति योजना कार्यक्रम चिन्तबुझ्दो बन्दैन महोदय, धन्न संबिधान नै पुनरलेखन गरौ,भन्नु भएन भनेर भनेका छन ।
उनले यस्तो लेखेका छन निशेधको कलममा कुण्ठाको मसिले
जति पटक पुनरलेखन गरे पनि”निति योजना कार्यक्रम”
चिन्तबुझ्दो बन्दैन महोदय,
धन्न संबिधान नै पुनरलेखन गरौ,भन्नु भएन ।,
जसरि तपाईको हिनता र आग्रहको फ्लप लिखत पुन कलिब्यासहरुले लेखेका हुन् ।
तपाई मञ्चित ” आदर्श राम राज्यको” नाटकको दर्शकदिर्धामा हामी साक्षि बसेकै हो ।
यसर्थ यो निति-योजना भाग २ हो पनि भनिएको छैन कतै ।
यत्ति हो,बाम बिभाजनको डोको भित्र उम्रदै गरेको सिउडीका सामु जनअपेक्षा,बर्तमान आवश्यकता र युगको आह्वान बिच सहमति र सहकार्यको झण्डा नवपुस्ताले उठाउला कि भन्ने अपेक्षा बिच ”सति” कै फेरो समात्ने पुस्ताको समयले हिसाव राख्ने छ ।
यसको सारमा भन्न खोजिएको खास अर्थ चाई यस्तो रहेको छ । नेता तामाङले लेखेको अनुसार नेपालमा दुइ ठुला कम्युनिष्ट पार्टीहरु एमाले र माओवादी केन्द्र बिच पार्टी एकता भइ सत्ता संचालन भएको र झन्डै दुइ तिहाइको अवस्थाबाट सरकार संचालन भएको अवस्थामा समेत जनताको जन- भावना अनुसार कार्य गर्न नसकेका केपी ओलीले अहिले कुण्ठ व्यक्त गर्नुको अर्थ नरहेको बताएका छन् । ओली आफैले सरकार चलाउदा ३ पटक नीति तथा कार्यक्रम ल्याएको तर बिगतमा भन्दा फरक नरहेकोमा अहिले पुनरलेखन गर्ने कुरा सान्दर्भिक नरहेको र आफु सत्तामा हुदा जे पनि ठिक र अर्को पार्टी सरकारमा हुदा केहि पनि नगरेको भन्नु सामान्य राजनीतिक नैतिक्कता समेत ओलीले नदेखाएको भन्न खोजेका छन् । ओलीले फेरी नीति तथा कार्यक्रम लेखनको लागि आग्रह गरेका थिए , त्यसैमा नेता तामाङले फेरी लेखन नहुने बताएका छन् ।
उनले लेखेको कुराबाट के पनि प्रस्ट देखिन्छ भने आफुले मनलाग्दी तरिकाले सत्ता संचालन गर्दा पनि दर्शकदिर्धामा हामी साक्षि बसेकै हो र संसद नै भंग गरेपछि मात्रै बिरोध गरेको भन्दै जनताको संबिधान ठुलो त्याग र तपस्याबाट लेखिएकोमा मन परेको छैन भने फेरी पुनरलेखन गरौ र भन्नु भएन भन्दै ब्यांगे समेत गरेका छन् । ओलीको अहिलेको हतास मानसिकता र उग्र रुपलाई हेर्दा आफनो कार्यकालमा म भष्ट्राचार गर्दिन र अरुलाई पनि गर्न दिन्न भनेर हरेक सरकारी कार्यालयहरुमा लेखेको तर्फ इंकित गर्दै उनले अहिलेको नक्कली भुटानी शरणार्थी प्रकार ओलीको पालामा भएको र सबै प्रकारको लेनदेन मन्त्रालय, बालुवाटार र मन्त्रि क्वाटरमा पो रहेछ भन्दै यति सम्मको राष्ट्रघातलाई छोप्नको लागि रहेको रहेछ भने ।
अहिले जनयुद्ध प्रति ओलि लगाएत एमाले पार्टीका नेताहरुले गरेको प्रहारलाई उनले एमाले पार्टी समेत सहभागिता रहेको सरकाले नै जनयुद्ध दिवश मनाएको र पार्टी एक भएको बेला सबैले सुइकरेको समेत भनेका छन् । प्रचण्ड र ओलीबिच अहिले पानि बारा बर्को अवस्थामा अर्को पुस्ताबाट भए पनि कम्युनिष्ट एकतालाई अघि बढाउन पर्ने अवस्थामा एमालेका सबै नेताहरु ओली संगै सति गएको भन्दै नेता योगेश भट्टराई प्रति इंकित गर्दै ओली संग अरु नै नेता सति जान तयार छन् त् तपाई सबैले आस गरेको नेता समेत ओली संगै सतिमा कि भनेर प्रश्न समेत गरेका छन् ।
सहमति र सहकार्यको झण्डा नवपुस्ताले उठाउला कि भनेर आम जनताले आश गरेको समयमा ओली संगै सति जाने नवपुस्ताको समयले हिसाव राख्ने समेत चेतावनी दिएका छन् ।