अखिल (क्रान्तिकारी) पुर्वाञ्चल विश्वविद्यालय (पुसस्)द्धारा दिप प्रज्वलन
१५ जेठ काठमाडौ । १६अौं गणतन्त्र दिवसको अवसरमा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियू (क्रान्तिकारी) पुर्वाञ्चल विश्वविद्यालय स्कुल अफ हेल्थ साइन्स(पुसस्)ले दिप प्रज्वलन कार्यक्रम सम्पन्न गरेको छ।
अनेरास्ववियू (क्रान्तिकारी)ले पुर्वाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालय गोठगाउको मुल गेटमा दिप प्रज्वलन गरेका हुन।
जन निर्वाचित पहिलो संविधानसभाबाट वि.सं २०६५ जेठ १५ गते निरंकुशराजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मकशासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । जनआन्दोलन ०६२/६३ कोजगमा गणतन्त्र घोषणा भएको दिनको स्मरणमा हरेक वर्ष जेठ १५ गते देशभर गणतन्त्र दिवस मनाइन्छ ।
कार्यक्रमको प्रमुख अतिथि अनेरास्ववियू(क्रान्तिकारी) जिल्ला संयोजक उमेश सेन्चुरीको रहेको थियो ।यस्तै Ycl मोरङ जिल्ला संयोजक योगेन लिम्बू बुद्धिजीवी संगठनका सदस्य घनश्याम शर्मा र कार्यक्रमको अध्यक्षता क्याम्पस कमिटी उपाध्यक्ष भरत लुइँटेलले गरेका थिए।कार्यक्रममा क्यापसका नेता कार्यकर्ता तथा विद्यार्थीहरु उल्लेखनीय उपस्थिति रहेको इकाइ सचिव निराजन कार्कीले जानकारी दिए ।