बसमा आगलागी हुँदा २६ यात्रुको मृत्यु


Capital Headline
प्रकाशित मिति : शनिबार, असार १६ २०८०
2.5K
SHARES

१६ असार काठमाडौं । भारतको महाराष्ट्रमा एक बसमा आगलागी हुँदा २६ यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा तीनजना बालबालिका छन् । सातजना घाइते भएका छन् । उक्त बसमा ३३ यात्रु सवार थिए ।

मुम्बई–नागपुर एक्सप्रेसमा गुडिरहेको बसमा शनिबार बिहान आगलागी हुँदा उक्त हताहत भएको हो ।