जेलेन्सकीको हत्या प्रयास : यी महिला पक्राउ
२३ साउन एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमोर जेलेन्सकीको हत्याका लागि रुसलाई जेलेन्सकी बस्ने गोप्य लोकेसन रुसी ईन्टेलिजेन्सलाई पठाएको भन्दै युक्रेनले एक महिलालाई पक्राउ गरेको छ ।
ती महिलाले पठाएको सूचनाका आधारमा रुसले हत्या गर्न सक्ने भन्दै उनलाई पक्राउ गरिएको युक्रेनका सुरक्षा अधिकारीहरुले बताएका छन् । निकोलाईभ क्षेत्रबाट ती युक्रेनी महिलालाई पक्राउ गरिएको हो ।
निकोलाईभको भ्रमणको बाटो र तालिका रुसी सेनालाई ती महिलाले म्यासेज गरेको युक्रेनी सुरक्षा फौजको दावी छ ।
साथै रुसी गुप्तचरले सिधै जेलेन्सकीको हत्या प्रयास समेत गरेको युक्रेनको दावी छ ।
यसबारेमा रुसको कुनै प्रतिकृया आएको छैन । फेब्रु्अरी २४ , २०२२ देखि शुरु भएको युद्धका क्रममा रुसले जेलेन्सकीको सत्ता हटाउने तर उनको हत्या गर्ने योजना नरहेको स्पष्ट पार्दै आएको छ ।
रुस युक्रेन युद्ध चरम मोडमा पुगेको छ । युक्रेनको करीब ३५ प्रतिशत भुभाग रुसले कब्जा गरिसकेको छ । युक्रेनले अमेरीका सहित पश्चिमा देशहरुको हतियार र पैसाको मद्धतले रुस बिरुद्ध प्रत्याक्रमण जारी राखे पनि अपेक्षित सफलता हासिल गर्न सकेको छैन ।