प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त
३ भदौ काठमाडौ । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । उनलाई नेपालको संविधानको धारा १२९ को उपधारा ९२० बमोजिम संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गरेका राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले विज्ञप्तिमार्फत जानकारी दिएकी छन् ।
श्रेष्ठलाई परिषदले नियुक्तिका लागि साउनमा सिफारिस गरेको थियो । उनी विरुद्ध संसदीय समितिमा परेको उजुरीका विषयमा छलफल भएपछि राष्ट्रपति पौडेलले नियुक्त गरेका हुन् । उनी ३० औं प्रधानन्यायाधीश हुन् ।