सर्वोच्चमा रहेका मुद्धा अब घट्दै जाने छन् – प्रधानन्यायाधीश श्रेष्ठ
५ भदौ काठमाडौ । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा रहेका मुद्धा घट्दै जाने बताएका छन्। मङ्गलबार पदभार ग्रहण गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्च अदालतमा रहेका मुद्धा घट्दै जाने बताएका हुन्।
उनले भने, ‘पुराना मुद्दा जिल्ला र उच्चमा छैनन्। सर्वोच्चमा रहेका पुराना मुद्दा व्यवस्थापनका विषयमा मुद्दा व्यवस्थापन समितिको संयोजक भएर काम गरेको छु। शुक्रबार पनि सर्वोच्चमा ५ बजेसम्म सुनुवाइ भएको छ। विगतमा किन १० वर्षभन्दा पुराना मुद्दा रहे होलान्, जम्मा पाँच न्यायाधीशले काम गर्नुपरेको थियो, कोभिडले सुनुवाए हुन सकेन। अब घट्दै जाने छन्,’।