जापानको ऋणपत्रको उपज सन् २०१४ यताकै उच्च


Capital Headline
प्रकाशित मिति : मंगलबार, भाद्र ५ २०८०
4.2K
SHARES

५ भदौ टोकियो । बेन्चमार्क १० वर्षे जापानी सरकारी ऋणपत्र (जेजीबी) को उपज मङ्गलबार बढेर ०.६६५ प्रतिशत पुगेको छ । यो  वृद्धि सन् २०१४ जनवरी यताको उच्च छ।

बढ्दो उपजले बैंक अफ जापान  सुस्त लाभको लागि एक अनिश्चित बन्ड-खरीद सञ्चालनको साथ बजारमा आउन सक्ने सम्भावना बढाएको देखिएको विज्ञहरूले बताएका छन् । जापानको दीर्घकालीन ब्याज दर गत महिनाको अन्त्यदेखि बढ्दै गएको छ ।

जुलाईको अन्त्यमा यसको मौद्रिक नीति बैठकमा बैङ्कले आफ्नो विशाल मौद्रिक सहज नीतिलाई परिमार्जन गर्ने निर्णय गरेकाे थियो ।-(रासस-सिन्ह्वा)