भोली सार्वजनिक विदा


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र ६ २०८०
3.9K
SHARES

६ भदौ काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिने भएको छ । प्रदेश सरकारले भदौ ७ गते बिहीबार गौरा पर्वका अवसरमा सुदूरपश्चिम प्रदेशका जिल्लामा सार्वजनिक विदा दिने भएको हो ।

गौरा सुदूर पश्चिम क्षेत्रको महत्त्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखि नै मनाउँदै आएको पर्व हो । गौरा पर्व भाद्र कृष्णको षष्ठीदेखि अष्टमीसम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ।दशैं, तिहारभन्दा पनि धुमधामसँग मनाइने गौरा पर्वको व्रत बसेमा पतिको दीर्घायुको साथै सुखी जीवन प्राप्त हुने जनविश्वास रही आएको छ । यहि विश्वासले सुदूरपश्चिम प्रदेशभर सप्तमीसम्म महिलाहरु गौराको व्रत बस्ने गरेका छन् ।