बाँस्तोलाको प्यानल घोषणा


Capital Headline
प्रकाशित मिति : शनिबार, भाद्र १६ २०८०
4.7K
SHARES

१६ भदै काठमाडौँ । नेपाल पर्यटक यातायात व्यवसायी संघ केन्द्रीय कार्यसमितिको आसन्न चुनावका लागि बेदराज बाँस्तोला नेतृत्वको प्यानल सार्वजनिक गरिएको छ ।

आज घोषणा गरिएको बाँस्तोला प्यानललाई पूर्व अध्यक्षद्वय रामशरण कार्की र साङ्गे लामा तथा पूर्व प्रथम उपाध्यक्षत्रय सुनिल श्रेष्ठ, राजकुमार लामा र भिम गोलेको समर्थन रहेको छ । २० औँ साधारण सभाबाट चुनिने नेतृत्वका लागि बाँस्तोला प्यानलबाट प्रथम उपाध्यक्षमा रमेश गौतम, द्वितीय उपाध्यक्षमा विनोद तमाङ्ग, महासचिवमा केदानाथ कट्टेल, सचिवमा तेज लामा र कोषाध्यक्षमा रामकुमार बस्नेत मैदानमा उत्रिएका छन् ।

त्यसैगरी नमराज अर्याल, राम आचार्य, टेकबहादुर पुन र नकुल तिमल्सिनाले साेही प्यानलबाट सदस्य पदमा दाबेदारी पेश गरेका छन् । संघकाे नयाँ नेतृत्वका लागि यही भदाै १९ गते चुनावकाे कार्यक्रम तय गरिएकाे छ । संघकाे साधारण सभा भने भदाै २२ गते सम्पन्न गरिने छ ।