चीनले तयार पार्‍यो ६६ हजार हेक्टर बढी खेतीयोग्य जमिन सिँचाइ गर्ने परियोजना


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र १७ २०८०
2.1K
SHARES

१७ भदौ काठमाडौं । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रमा ६६ हजार हेक्टरभन्दा बढी खेतीयोग्य जमिनमा पानी उपलब्ध गराउने सिँचाइ निर्माण परियोजना सम्पन्न भएको छ। शनिबार डेटेङ्ग ग्रोगे वाटर कन्सरभेन्सी परियोजना सम्पन्न भएको हो।

परियोजना सन् २०१४ मा सुरु भएको थियो। गुइपिङ सहरको पर्ल नदी बेसिनमा यो परियोजना अवस्थित छ। यो परियोजना बाढी नियन्त्रण, ढुवानी सुविधा, बिजुली उत्पादन र सिँचाइ प्रदान गर्न देशको एक महत्वपूर्ण सावित हुने बताइएको छ।

८ अर्ब युआन (करिब १ अर्ब १ करोड अमेरिकी डलर) को कूल लगानीमा सिँचाइ परियोजना सम्पन्न भएको हो। चीनले अर्थतन्त्रलाई स्थिर गर्ने र गुणस्तरीय विकासलाई प्रवर्द्ध गर्ने काममा जोड दिइरहेको छ।