सामाजिक सञ्जालबाट हटाए बालेनले ‘सिंहदरबार जलाइदिने’ स्टाटस


Capital Headline
प्रकाशित मिति : सोमबार, भाद्र १८ २०८०
2K
SHARES

१८ भदौ काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार जलाइदिने भनी सामाजिक सञ्जालमा राखेको स्टाटस हटाएका छन् ।

उनले सोमबार बिहान उक्त स्टाटस हटाएको पाइएको छ । उनको सामाजिक सञ्जालमा अहिले उक्त स्टाटस देखिँदैन । शनिबार बेलुका काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एउटा स्टाटस लेखे– आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।”