परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा अब अनलाइनबाटै टिकट


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २० २०८०
4K
SHARES

२० भदौ  काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पातलले आजदेखि अनलाइन टिकेटिङ सेवा सुरु गरेको छ ।बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले बुधबारदेखि नै अस्पतालमा एक–एकवटा बिलिङ, टिकट काउन्टर र फार्मेसी काउन्टर समेत थप गरी सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा अहिले जनरलतर्फ ४५० शैय्या निःशुल्क गरिएको अस्पताल निर्देशक श्रीप्रसाद अधिकारीले बताए । अस्पतालमा स्वीकृत शैय्या ४१४ भए पनि बिरामीको चापका कारण ४८९ शैय्या सञ्चालन गरिएको उनले बताए ।

गत आर्थिक वर्षमा अस्पतालबाट एक लाख ८० हजार ८९० जनाले ओपीडी र २४ हजार ६७२ ले प्रसूति सेवा लिएका थिए । त्यस्तै, गत आर्थिक वर्षमा एक हजार ७७९ जना महिलाले निःशुल्क सुरक्षित गर्भपतन सेवा लिएको अस्पतालको तथ्यांक छ ।