वडा अध्यक्ष रिजालको पार्थिव शरीरमा बालेनले ओढाए राष्ट्रिय झण्डा


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २१ २०८०
2.7K
SHARES

२१ भदौ काठमाडौं काठमाडौं महानगरपालिका वडा नम्बर १६ का अध्यक्ष मुकुन्द रिजालको पार्थिव शरीर १ घण्टा राष्ट्रिय सभागृहमा राखिने भएको छ । उनको शव ११ देखि दिउँसो १२ बजेसम्म सभागृहमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने भएको हो । त्यसपछि साढे १२ देखि साढे १ बजेसम्म पशुपति मन्दिर परिसरमा राखिने छ ।

उनको आजै दिउँसो साढे २ बजे अन्तिम संस्कार गर्ने कार्यक्रम रहेको छ । रिजाललाई अन्तिम बिदाईसँगै श्रद्धाञ्जली दिन अर्थमन्त्री प्रकाशशरण महत, कांग्रेस महामन्त्री गगन थापा, मेयर बालेन साहलगायत राष्ट्रिय सभा गृह पुगेका थिए ।रिजालको बिहीबार बिहान ग्राण्डी अस्पतालमा निधन भएको थियो ।