बागमती प्रदेशका यी तीन जिल्लामा आज सार्वजनिक विदा


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २२ २०८०
2.2K
SHARES

२२ भदौ काठमाडौं। बागमती प्रदेश सरकारले चेपाङ समुदायको राष्ट्रिय पर्व न्वागी (छोनाम) को अवसरमा प्रदेश अन्तर्गतका तीन जिल्लामा शुक्रबार सार्वजनिक बिदा दिएको छ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चेपाङ समुदायको वाहुल्यता रहेका मकवानपुर, धादिङ र चितवनमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

अति सीमान्तकृत चेपाङ जातिको बसोबास रहेको प्रदेशका मकवानपुर, चितवन र धादिङमा शुक्रबार सार्वजनिक बिदा दिएको छ। चेपाङ समुदायको बाहुल्यता रहेका जिल्ला क्रमश धादिङ, मकवानपुर र चितवनमा उनीहरूले न्वागी पर्व मनाउँदै आएको प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयका पूर्वराज्यमन्त्री सन्तराम चेपाङले बताए।