दुई करोड ४६ लाख धरौटी बुझाएर रिहा भए मीनबहादुर गुरुङ


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र २४ २०८०
1.3K
SHARES

२४ भदौ काठमाडौ । ललितानिवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका मालिक मीनबहादुर गुरुङ धरौटी रकम बुझाएर रिहा भएका छन् ।

उनलाई जिल्ला अदालत काठमाडौंले आइतबार नै दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएकोमामा अदालतले मागेको जम्मा गरेर उनी आइतबार साँझ रिहा भएका हुन् ।

जिल्ला अदालत आइतबार यो प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो । सीआईबीले अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले किर्ते कसुरमा उनीहरूमाथि मुद्दा चलाएको थियो ।