एनआरएनए उपाध्यक्षमा पुन: दोहोरिदै गोविन्द


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २८ २०८०
12.2K
SHARES

२८ भदौ काठमाडौ । पछिल्लो समयविदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजी स्वदेशको विकास र समृद्धिमा हाम्रो लगानी’ भन्ने मान्यताका साथ गैर आवासीय नेपाली संघको आगामी कार्यकाल २०२३-२०२५ लागि जापानमा सफल व्यवसायी र सामाजिक व्यक्तित्वको छवी बनाएका रोबिन्द्रप्रसाद श्रेष्ठ ‘गोविन्द’ ले उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन ।

विदेशमा सिकेको ज्ञान, सिप र अनुभवलाई नेपाल र गैरआवासीय नेपालीको हक अधिकार तथा नेपालको आर्थिक सम्बृद्धिका लागि प्रयोग गर्ने योजना र कार्यक्रम कार्यान्वयनको लागि एनआरएनए आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेको श्रेष्ठले बताए ।

“एनआरएनए अभियानमा क्रियाशील रहि रहनका लागि र सहमति, सहकार्य र एकताको पाटोलाई आत्मसात् गर्दै अग्रजहरूको सम्मानका लागि अहिले उपाध्यक्ष पदलाई निरन्तरता दिने भएको छु ।” एनआरएनए आइसीसी उपाध्यक्ष पदका प्रत्यासी श्रेष्ठले भने- ‘अन्तर्राष्ट्रिय श्रमबजारमा हासिल गरेको ज्ञान, सीप र पुँजीलाई स्वदेशको विकास र समृद्धिका निम्ति उपयोग गर्न सरकारसँग सहकार्यका लागि हुने भएकोले यहाँहरूको मनसहित मत दिएर सहयोग गरिदिनु हुनका लागि अपिल गर्दछु ।’

नेपालको संवृद्धि र विकासको लागि मुलुक बाहिर रहेका नेपालीको भूमिका महत्वपूर्ण हुने भएकोले उनीहरूले विदेशमा सिकेको ज्ञान सिप प्रविधि र पूँजीलाई नेपालको विकासमा लगाउने वातावरण सृजना गर्दै एनआरएनएलाई सबैको आशा र बिश्वासको केन्द्र बनाउनका लागि आफूले महत्वपूर्ण भूमिका निर्वाह गर्ने श्रेष्ठको प्रतिबद्दता रहेको छ ।

लामो समयदेखि समाजका सामाजिक क्रियाकलापमा सक्रिय र एनआरएनएको अभियानमा स्थापनाकाल देखि नै क्रियाशील हुदै श्रेष्ठ समन्वयकारी भूमिका निर्वाहमा आफुलाइ सशक्त रूपमा प्रस्तुत गर्ने गरेका छन ।

एनआरएनएको अभियानमा एनआरएनए जापानको सदस्य, उपाध्यक्ष, दुई कार्यकाल आइसीसी सदस्य, दुई कार्यकाल एसिया प्यासिफिक क्षेत्रीय उपसंयोजक हुँदै एसिया प्यासिफिक क्षेत्रीय संयोजक र आइसीसी उपाध्यक्षको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेका श्रेष्ठले एनआरएनए अभियानमा निरन्तरता दिन र क्रमिक रुपमा अगाडि बढ्न ध्येयका साथ आइसीसी उपाध्यक्ष पदमा उम्मेदवारी भएको बताए ।

एनआरएनएमा लागेपछि लिन होइन दिन सक्नुपर्छ भन्ने मान्यता राख्ने श्रेष्ठ आर्थिक पारदर्शिता एनआरएनएको पहिलो प्राथमिकतामा राखेर कार्य गर्ने बताउँछन् ।
नेपालीहरुको अभिभावकीय संस्थाको रूपमा रहेको एनआरएनएलाई समाज सेवाको उपयुक्त माध्यमका रूपमा लिइ उच्च नैतिकता प्रस्तुत गर्दै इमान्दारितापूर्वक काम गर्नुपर्ने र आफूले सोही अनुसार कर्तव्य निर्वाह गर्दै आइरहेको श्रेष्ठको भनाइ छ ।

एनआरएनएलाई नेपाल र नेपालीको हितमा अधिकतम परिचालन गर्न र श्रमिकहरूका पक्षमा क्रियाकलाप संचालन गर्दै विश्वमा रहेका नेपालीले एनआरएनए मेरो भन्ने भावनाको विकास गराउने योजना सफल बनाउनका लागि उपाध्यक्षमा विजयी गराईदिनका लागि सम्पूर्ण एनआरएनए अभियानमा लागेका मतदातालाई आग्रह गरेका छन ।

आफु बलियो भयो भने संस्था बलियो हुन्छ, संस्था बलियो भयो भने जुनसुकै काम गर्न सकिन्छ’ श्रेष्ठ भन्छन्–‘संकट र आपतकालिन अवस्था बाहेक हरेक प्रोजेक्टको लागि श्रोतको आधार अनुसार मात्र खर्च गरिनुपर्छ ।

मुलुक बाहिर रहेका सम्पूर्ण नेपालीहरुको साझा संस्थाको रूपमा विकसित भैसकेको एनआरएनएलाई अझै साझा मनोविज्ञानको रूपमा विकसित गराउनका लागि समावेशिताको सिद्धान्त अनुरूप कामकारबाही गर्न र सोही बमोजिमको संगठनात्मक संरचना निर्माण गर्नको लागि आफूले विशेष पहल गर्नका लागि पनि सो पदमा निर्वाचित गरिदिनको लागि पनि श्रेष्ठको आग्रह छ ।