लिबिया बाढीले २० हजार मानिसको मृत्यु भएको आशंका


Capital Headline
प्रकाशित मिति : बिहिबार, भाद्र २८ २०८०
6.4K
SHARES

२८ भदौ काठमाडौ । लिबियाको डेर्ना सहरका मेयरले देशमा अचानक आएको बाढीका कारण झन्डै २० हजार जनाको मृत्यु भएको आशंका गरेका छन्। आइतबारको यो विनाशकारी बाढीले देशको पूर्वी क्षेत्रमा ठूलो जनधनको क्षति गरेको हो।

बन्दरगाह सहर डेर्नाका मेयरले साउदी न्युज च्यानल अल-अरेबियासँग दुई बाँध भत्किएर आएको बाढीमा १८ देखि २० हजारसम्म मानिसको मृत्यु भएको बताएका हुन्।  उनका अनुसार ती बाँध फुट्दा मानिसहरू सुतिरहेका थिए र सुनामी जस्तै बाढी आएर उनीहरुलाई बगायो। धेरै शव अझै पनि भग्नावशेषमुनि वा समुद्रमा दबिएका छन्। जसका कारण रोग सर्ने जोखिम बढेको बीबीसीले जनाएको छ।