भूमि आयोगद्वारा जग्गा प्राप्तिका लागि निवेदन दिन आग्रह


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २९ २०८०
5K
SHARES

२९ भदौ काठमाडौं । राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा प्राप्तिको लागि निवेदन दिन आग्रह गरेको छ ।

आज एक सूचना जारी गर्दै  ३५ दिन भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आयोगले आग्रह गरेको हो ।   आयोगले तोकेको ढाँचाबमोजिम निवेदन फाराम  ३५ दिनभित्र स्थानीय तहबाट वडाका तोकिएका स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न पनि आयोगले सूचित गराएको छ ।