वाणिज्य बैंकहरुले सार्वजनिक गरे नयाँ ब्याजदर, कुनको कति ?


Capital Headline
प्रकाशित मिति : आइतबार, भाद्र ३१ २०८०
7.1K
SHARES

३१ भदौ काठमाडौं । वाणिज्य बैंकहरुले असोज महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार कुनै बैंकले ब्याजदर बढाएका छन् भने कुनै बैंकले घटाएका छन् । केही बैंकले भने ब्याजदरमा परिवर्तन गरेका छैनन्।

हालसम्म प्रकाशित १७ वाणिज्य बैंकहरुको प्रकाशित ब्याजदर अनुसार ७ बैंकहरुले भदौ महिनाको तुलनामा ब्याजदर बढाएका छन् भने ६ बैंकहरुले घटाएका छन्। बाँकी ४ बैंकहरुले भने भदौ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन्। नयाँ प्रकाशित ब्याजदर अनुसार वाणिज्य बैंकहरुले अधिकतम ब्याजदर १०.३५८ प्रतिशत ब्याज दिने छन् ।

असोज महिनाका लागि हिमालयन बैंक, एभरेष्ट बैंक, नेपाल इन्भेष्टेमन्ट मेगा बैंक, प्राइम कमर्सियल बैंक, नबिल बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक र नेपाल एसबिआई बैंकले ब्याजदर बढाएका छन्। त्यस्तै, प्रभु बैंक, एनएमबि बैंक, माछापुच्छ्रे बैंक र सिद्धार्थ बैंकले भने भदौ महिनाको ब्याजदरमा परिवर्तन गरेका छैनन्।

ग्लोबल आइएमई बैंक, लक्ष्मी सनराइज बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, सिटिजन्स बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन्। जसमध्ये नेपाल बैंकले सबैभन्दा बढी १.६०३ प्रतिशतविन्दु ब्याज घटाएको छ। सबैभन्दा कम ब्याजदर भने स्ट्याण्डर्ड चार्टर्ड बैंकको रहेको छ। बैंकले मुद्दति निक्षेपमा अधिकतममा ९.२९ प्रतिशत ब्याज दिने भएको छ।