अब बैंक तथा वित्तीय संस्थाबाट दुई करोडसम्म आवसीय घर कर्जा लिन सकिने


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २ २०८०
3.5K
SHARES

२ असोज काठमाडौं । नेपाल राष्ट्र बैंकले आवसीय प्रयोजकका लागि पहिलो पटक घर वा अपार्टमेन्ट खरिद वा घर निर्माणको लागि बैंक तथा वित्तीय संस्थाबाट दुई करोडसम्म आवसीय घर कर्जा लिन सकिने सहज व्यवस्था गरिएको जनाएको छ ।

वित्तीय चेतनाका निम्ति नेपाल राष्ट्र बैंकद्वारा जारी सन्देशमा भनिएको छ, ‘तीन हजार वर्गफिटसम्मको घर निर्माण÷खरिद वा अपार्टमेन्ट खरिद गर्नका लागि बैंक तथा वित्तीय संस्थाले धितो मूल्यांकनको ७० प्रतिशतसम्म यस्तो घर कर्जा प्रवाह गर्न सक्दछन् । ब्याजदर वृद्धि भएमा मासिक किस्ता परिवर्तन नहुने व्यवस्था गर्नुपर्दछ ।’