शिक्षकहरूको आन्दोलनले काठमाडौँको यातायात अस्तव्यस्त


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज ३ २०८०
4.2K
SHARES

३ असोज  काठमाडौँ । विद्यालय शिक्षा विधेयकको विरोधमा नेपाल शिक्षक महासंघको अगुवाइमा राजधानीमा भएको प्रदर्शनका कारण यातायात अस्तव्यस्त बनेको छ।  राजधानीका माइतीघरमा भेला भएका शिक्षकहरूले आन्दोलन गरिरहेका हुन् ।

राजधानीका विभिन्न स्थानबाट ब्यानरसहित शिक्षकहरू माइतीघरमा भेला हुने क्रममा सवारीसाधन आवागमन प्रभावित बनेको हो । आन्दोलनका लागि ७७ वटै जिल्लाबाट राहत, करार, बाल विकास, स्थायी लगायतका शिक्षक कर्मचारी काठमाडौँ आएका छन् ।  महासङ्घले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् ।