नेपालगन्ज उडेको श्री एयरको जहाजमा समस्या, काठमाडौंमै अवतरण
Capital Headline
प्रकाशित मिति :
बिहिबार, असोज ४ २०८०
5.6K
SHARES
४ असोज काठमाडौँ । त्रिभुवन विमानस्थलबाट नेपालगन्जका लागि उडेको श्री एयरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएको छ। बिहान सवा ८ बजेको नियमित उडान तालिका रहेको उक्त ९ एन एनएस कलसाइनको उक्त जहाज उडिसकेपछि समस्या आएको हो। उक्त जहाज बिहान ९ बजे नेपालगन्जमा अवतरण हुने तालिका थियो।
तर प्राविधिक समस्या आएपछि उक्त जहाजलाई बुटवलमाथिको आकाशबाट फर्काएर पुनः काठमाडौंमै अवतरण गराइएको नागरिक उड्ययन प्राधिकरण विमानस्थल कार्यालयले जनाएको छ।
प्रतिकृया दिनुहोस
सम्बन्धित समाचार
चर्चित
ताजा अपडेट