आजबाट ईः ले आन्दोलन स्थगित गर्दै


Capital Headline
प्रकाशित मिति : बुधबार, असोज १० २०८०
3.6K
SHARES

१० असोज काठमाडौं । सामाजिक अभियन्ता ईः ले आन्दोलन स्थगित गर्ने भएका छन् । आज राति ९ बजे राष्ट्रिय सभा गृहबाहिर पत्रकार सम्मेलन गरेर उनले आन्दोलन स्थगित गर्न लागेका हुन् ।

आज ई: का प्रतिनिधि र काठमाडौं महानगरसँगबीचको वार्ता सकारात्मक रहेको बताइएको छ । हिजोको वार्ता भने निष्कर्षविहीन बनेको थियो ।

आजै मेयर बालेन शाहले ई: लाई सम्बोधन गर्दै फुटपाथ व्यापार सञ्चालन गर्न दिँदा हुने कठिनाइबारे उल्लेख गरेका थिए ।