सेयर कर्जामा १२ करोडको सिमा हट्यो


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज १८ २०८०
2.4K
SHARES

१८ असोज काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको १२ करोडको सीमा हटेको छ ।

राष्ट्र बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै व्यक्तिगत तर्फ १५ करोड र संस्थागत २० करोड रुपैयाँ बनाएको हो ।
‘कुनै एक वा सबै इजाजतपत्र प्राप्त संस्थाहरुबाट सेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जाको अधिकतम एकल ग्राहक कर्जा सीमा कुल १५ करोड रुपैयाँ कायम गरिएको छ ।

धितोपत्र बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताका लागि यस्तो कर्जाको अधिकतम सीमा २० करोड रुपैयाँ कायम गरिएको छ,’ एकीकृत निर्देशनमा भनिएको छ ।