नयाँ नोट साट्ने व्यवस्था यस्तो छ
२१ असोज काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंका लागि नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । यहि असोज २९ गतेबाट नयाँ नोट साट्न पाइने भएको हो । राष्ट्र बैंकका अनुसार दशैंको लागि राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार पाँच सय रूपैयाँ सटही सुविधा दिने भएको छ । सर्वसाधारणले पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको एक/एक बण्डल नयाँ नोट पाउने भएका हुन् ।
‘विगत वर्षमा झैँ यस वर्ष पनि नयाँ नोट सटहीका लागि काठमाडौं उपतयकाभित्रको शकमा २९ गतेदेखि नेपाल राष्ट्र बैंक, मुद्रा व्यवस्थापन विभाग र यस बैंकबाट इजाजतपत्र प्राप्त वाणिजय बैंकका तोकिएका शाखा कार्यालयमार्फत समेत नयाँ नोट सटहीको सुविधा प्रदान गर्ने व्यवस्था मिलाइएको हुँदा वाणिज्य बैंकले तोकेको नजिकको शाखा कार्यालयमा गई नोट सटही गर्नुहुन सबैलाई जानकारी गराइन्छ’, राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।
काठमाडौं उपतयका बाहिरको हकमा यस बैंकको प्रादेश स्थित कार्यालय वा वाणिजय बैंकले तोकेको कार्यालययमध्ये पायक पर्ने स्थानमा गई नोट सटही गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ । यसपटक क्युआर कोडमार्फत् रकम भुक्तानी गरेर समेत नयाँ नोट साट्न सकिने मुद्रा व्यवस्थापन विभागले जनाएको छ ।