बन्दीपुर अस्पताललाई नेको इन्स्योरेन्सद्धारा ११ लाख आर्थिक सहयोग


Capital Headline
प्रकाशित मिति : आइतबार, असोज २१ २०८०
6.8K
SHARES

२१ असोज काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत बन्दीपुर अस्पताललाई आर्थिक सहयोग गरेको छ । विगत २७ वर्षदेखि सेवा दिँदै आइरहेको यस कम्पनीले गण्डकी प्रदेशको तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका स्थित बन्दीपुर अस्पताललाई ११ लाख रुपैयाँ सहयोग गरेको हो । कम्पनीले भौतिक संरचना निर्माणका लागि सहयोग गरेको हो ।

उक्त कार्यक्रममा कम्पनीका अध्यक्ष रोहित कुमार भट्टराइले बन्दीपुर अस्पताल एवं बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापालाई उक्त सहयोग रकम बराबरको चेक हस्तान्तरण गरे । सो अवसरमा कम्पनीका संचालक प्रेम कुमार श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत अशोक कुमार खड्काको समेत उपस्थिती थियो ।