काठमाडौं उपत्यकामा दसैँमा ३४३ सवारी दुर्घटना


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक १० २०८०
2K
SHARES

१० कार्तिक काठमाडौं । काठमाडौं उपत्यकामा दसैँको समयमा तीनजनाले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् । घटस्थापनादेखि बिहीबारसम्म उपत्यकामा ३४३ सवारी दुर्घटना भएको छ । त्यसमा तीनजनाले ज्यान गुमाएका हुन् ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी राजेन्द्र भट्टका अनुसार ललितपुर, काठमाडौं र भक्तपुरमध्ये सबैभन्दा बढी काठमाडौंमा २५४ सवारी दुर्घटना भएको छ ।

सवारी दुर्घटनामा २९० जना सामान्य घाइते तथा सातजना गम्भीर घाइते भएका छन् । अघिल्लो वर्षको दसैँको तुलनामा यो पटक उपत्यकामा दुर्घटनामा कमी आएको ट्राफिक प्रहरीले जनाएको छ ।