चीनले १० करोड बराबरको राहत सामग्री उपलब्ध गराउने


Capital Headline
प्रकाशित मिति : शनिबार, कार्तिक १८ २०८०
1.8K
SHARES

१८ कार्तिक काठमाडौं । चीनले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेको छ । नेपालका लागि चिनियाँ राजदूत छन् सङले शनिवार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत चीनले नेपालको भूकम्प प्रभावित क्षेत्रका लागि १० करोड रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेका हुन् ।

राहत सामग्रीमा टेन्ट, कम्बललगायतका सामग्री हुने राजदूत सङले उल्लेख गरेका छन् । राहत सामाग्री एक-दुई दिनमा आइपुग्ने उनको भनाइ छ । साथै यो पहिलो चरणका आपत्कालीन सहायता भएको र थप सहयोग पनि उपलब्ध गराउने उनले बताए ।