जाजरकोटमा फेरि गयो भूकम्प


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक २१ २०८०
4.3K
SHARES

२१ कार्तिक काठमाडौं । जाजरकोटमा भूकम्पको अर्को परकम्प मापन गरिएको छ । मंगलबार राति १०:३० बजे जाजरकोटको पइन्क आसपास ३.९ म्याग्निच्युडको परकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

गत शुक्रबार राति गएको जाजरकोटको रामिडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि निरन्तर परकम्प गइरहेको छ ।

भूकम्प मापन केन्द्रका अनुसार मंगलबारसम्म झन्डै साढे चारसय परकम्प मापन गरिएको छ ।