मोबाइल बैंकिङ बन्द गर्नुपर्छ – सांसद तामाङ


Capital Headline
प्रकाशित मिति : शुक्रबार, कार्तिक २४ २०८०
3.4K
SHARES

२४ कार्तिक काठमाडौं । नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले मोबाइल बैंकिङ बन्द गर्नुपर्ने बताएका छन् ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै उनले मोबाइल बैंकिङबाट गलत धन्दामा पैसा ट्रान्फर भएकाले तत्काल बन्द गर्नुपर्ने बताएका हुन् ।

“मोबाइल बैकिङ खतरनाक छ । यहाबाट पैसा सट्टेबाजीमा गएको छ,” उनले भने, “यसलाई तुरुन्त बन्द गर्नुपर्‍यो ।”