आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २० २०८३
76
SHARES

२० आश्विन काठमाडौं । नेपाली बजारमा आज पनि सुनको भाउ स्थिर रहेको छ भने चाँदीको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो ।यससँगै आज सुन तोलामा २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो पनि सुनको भाउ २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी चाँदीको भाउ भने घटेको छ । आज चाँदी तोलाको १५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ४१५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ४३० रुपैयाँमै कारोबार भएको थियो।