सस्तो ब्याजदरमा कुन बैंकबाट ऋण पाइन्छ ?


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर ४ २०८०
3.3K
SHARES

४ मंसिर काठमाडौं । वाणिज्य बैंकहरुले एकल विन्दु ८ दशमबल ३२ देखि ११ दशमलब १४ सम्म ब्याजदर कर्जामा दिन सक्ने भएका हुन । मंसिर १ गतेदेखि निक्षेपमा ४ प्रतिशतसम्म ब्याजदर झारेका बैंकहरुले आफनो आधार दर घटेसँगै कर्जामा लिने ब्याजदर समेत घटाएका हुन ।

असोज महिनाको आधारदर सार्वजनिक गरेका २० वटा वाणिज्य बैंकमा ९ बैंकको आधारदर १० प्रतिशतभन्दा तल झरिसकेको छ । बैंकहरुले निक्षेपको ब्याजदर घटाएकोले दोस्रो त्रैमासमा आधार दर थप घट्ने सम्भावना देखिएको छ । बैंकहरुले जोखिम हेरेर आधार दरमा ५ प्रतिशतसम्म थप गरी कर्जा लगानी गर्ने गरेका छन् । तर, अधिक तरलता हुँदा बैंकहरुले आधार दरमै पनि कर्जा दिने गर्छन् ।

बैंकहरुमा अहिले लगानीयोग्य रकम पनि अधिक रहेको बैंकहरुले प्रकाशित गरेको छ । बैंकहरुको सिडि रेसीयो ८१ प्रतिशतमा तल आइसकेको  छ । त्यस्तै, अन्तरबैंक ब्याजदर २ प्रतिशत छ ।