बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो ?


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ५ २०८०
1.4K
SHARES

५ मंसिर काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । हिजो सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भएकोमा आज ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख १६ हजार २ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख १५ हजार ६५० रुपैयाँ रहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ४५० रुपैयाँमा कारोबार भएकोमा आज प्रतितोला एक हजार ४५५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।