शिक्षा मन्त्री राईको कानको शल्यक्रिया


Capital Headline
प्रकाशित मिति : मंगलबार, मंसिर ५ २०८०
1.7K
SHARES

५ मंसिर काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक राईको कानको शल्यक्रिया भएको छ। त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा सोमबार दिउँसो कानको शल्यक्रिया गरिएको स्वकीय सचिव युवराज राईले जानकारी दिए।

उनका अनुसार मन्त्री राईको कानमा समस्या देखिएको थियो। उनी आइतबार अस्पतालमा भएका थिए।   ‘हिजो उहाँको कानमा कोक्लियर इम्प्लान्ट हालिएको छ। आज पोस्ट अपरेशन वार्डमा राखिएको छ। सम्भवत: आज अपरेशन वार्डमा सारिन्छ,’ राईले भने।  मन्त्री राईलाई केही दिन अस्पतालमै राखिने स्वकीय सचिव युवराज राईले बताए।