लक्ष्मी सनराइज बैंकका शाखा कार्यालय गाभिने, कुन–कुन हुन् ?


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १० २०८०
2K
SHARES

१० मंसिर काठमाडौं । लक्ष्मी सनराइज बैंकका शाखा कार्यालयहरु गभिने भएका छन् । साविक लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर भएको ५ महिना पछि शाखा कार्यालय गाभिने भएका हुन् । लक्ष्मी बैंक र सनराइज बैंकबीच गत असार २९ गते एकीकृत कारोबार भएको थियो । दुवै बैंकका एउटै स्थानमा रहेका २ वटा शाखा कार्यालय गाभिएर कायम रहेको शाखाबाट कारोबार सुरु हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार इलाम नगरपालिका ७ चोक बजार शाखा कार्यालय गाभिएर साविक सनराइज बैंकको शाखा कार्यालय रहेको स्थान इलाम नगरपालिका ७ निकुञ्जपथबाट कारोबार हुनेछ । यस्तै, भिमदत्त नगरपालिका ४ गल्ली नम्बर ५मा रहेको शाखा कार्यालय शाखा गाभिएर साविक लक्ष्मी बैंकको शाखा कार्यालय गल्ली नम्बर २बाट कारोबार हुने बैंकले बताएको छ । मंसिर १७ गतेदेखि गाभिएर उक्त शाखा कार्यालयबाट कारोबार सुरु हुने बैंकको भनाइ छ ।