सुनको मूल्य हालसम्मकै उच्च


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर १७ २०८०
1.4K
SHARES

१७ मंसिरकाठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुन तोलामा १८ सय रुपैयाँले बढेको हो ।

आइतबार छापावाला सुनको मूल्य बढेर एक लाख २० हजार ८०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २० हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायीले जनाएको छ ।

साथै, चाँदी आज तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको हो ।