नेको इन्सुरेन्सद्वारा दैलेख र जाजरकोटका भूकम्पपीडितलाई दाबी भुक्तानी
१७ मंसिर काठमाडौं । नेको इन्सुरेन्स लिमिटेडले देशको बीमा बजारमा विगत २८ वर्षदेखि सेवा पुुर्याउँदै आएको छ। आफ्ना ग्राहकलाई छिटोछरितो सेवा दिने कम्पनीको लक्ष्य हो। हालै देशको कर्णाली प्रदेश केन्द्रविन्दुु भई गएको विनाशकारी भूूकम्पबाट क्षति भई यस कम्पनीमा दाबी पर्न आएका सम्पूूर्ण दाबीहरुको भुुक्तानी गरिसकिएको छ। कम्पनीका प्रतिनिधिहरुले घटनास्थलमै गएर दैलेख र जाजरकोटका सम्बन्धित पीडितहरुलाई दाबी भुुक्तानी गरेका छन्।
आगामी दिनहरुमा पनि पर्न आउने दाबीहरुको यथाशीघ्र भुुक्तानी दिन कम्पनी प्रतिबद्ध रहेको छ। गत शनिबार जाजरकोटमा जिल्ला समन्वय समिति जाजरकोटका प्रमुुख कालिबहादुुर खत्रीको प्रमुुख आतिथ्य तथा भेरी नगरपालिकाका उपप्रमुुख मीना जैसीको आतिथ्य एवं जाजरकोट उद्योग वाणिज्य संघका अध्यक्ष रमेश केसीको उपस्थितिमा आयोजित एक कार्यक्रममा जाजरकोटका यस कम्पनीका बीमित भूूकम्पपीडितहरुलाई दाबी रकम हस्तान्तरण गरिएको छ।
कार्यक्रममा वक्ताहरुले नेको इन्सुुरेन्सले समयमै दावी भुुक्तानी गरेकोमा कम्पनीको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरे। कार्यक्रममा बैंक र वित्तीयसंस्थाका प्रतिनिधि एवं समाजका विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति थियो।कार्यक्रम नेको इन्सुुरेन्सका कर्णाली प्रदेश प्रमुुख रमेशराज शर्माको अध्यक्षतामा भएको थियो।