ऋणको माग बढोस् भनेर नीतिगत दर घटायौं – गभर्नर


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर २२ २०८०
2.4K
SHARES

२२ मंसिर काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ऋणको माग बढाउनको लागि नीतिगत दर घटाएको बताएका छन् । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षापछि नेपाल राष्ट्र बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले सो बताएका हुन् ।

‘बजारमा अहिले कर्जाको माग छैन, कर्जाको माग बढ्नका लागि नीतिगत दर घटायौं,’ उनले भने । कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले २५ लाखसम्मको कर्जाको २ प्रतिशत प्रिमियमको भार बैंकहरुले लिने समेत स्पष्ट पारेका छन् ।

त्यस्तै, आन्तरिक रेमिट्यान्स कारोबार गर्न समस्या भयो भनेर पुनः शुरु गरिएको अधिकारीको भनाई छ ।‘अब सीमा कम हुन्छ, अधिकतम् १५ हजारको सीमा हुन्छ,’ उनले भने ।

त्यस्तै, गभर्नर अधिकारीले ऋणको सदुपयोग गरेकालाई सहजीकरण गर्ने समेत बताएका छन् । ‘ऋण लिएपछि तिर्नुपर्छ तर समय दिएका छौं । कर्जाको सदुपयोग गरेकाहरुलाई सहजीकरण गर्ने हो, ब्याज करिडोर मेन्टेन गर्नको लागि हामी सजग छौं,’ गभर्नर अधिकारीले भने ।अहिलेको समस्या सिर्जित नभएको बताउँदै उनले अहिले सिआरआर चलाउने अवस्था नरहेको बताएका छन् ।