१८ वाणिज्य बैंकहरूले घटाए ब्याजदर


Capital Headline
प्रकाशित मिति : आइतबार, पौस १ २०८०
2.4K
SHARES

१ पुष काठमाडौं । २० वाणिज्य बैंकहरूमध्ये १८ वटा बैंकहरूले मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् ।वाणिज्य बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको नयाँ ब्याजदरमा १८ वटा बैंकले मुद्दती निक्षेप ब्याजदर घटाएका हुन भने, दुई वटा बैंकले मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

पुस महिनाका लागि कुनै कुनै पनि वाणिज्य बैंकले ब्याजदर बढाएको छैन । यसअघि मंसिर महिनामा माछापुच्छ्रे बैंकले मात्रै आफ्नो ब्याजदर बढाएको थियो । चालू आर्थिक वर्षको सुरूमा बैंकहरूमा ब्याजदर बढाउने होडबाजी नै चलिरहेको थियो भने, कार्तिक महिनायता बैंकमा ब्याजदर घटाउने प्रतिस्पर्धा रहेको देख्न सकिन्छ । बजारमा अधिक तरलता भएसँगै बैंकहरूले आफ्नो ब्याजदर घटाउँदै आएका छन् ।

पुस महिनाका लागि ब्याजदर घटाउनेमा हिमालयन बैंक शीर्ष स्थानमा रहेको छ। हिमालयन बैंकले सबैभन्दा बढी २ प्रतिशत सम्म ब्याजदर घटाएको छ ।

ीबैंक, सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इनभेष्टमेन्ट मेघा बैंक, लक्ष्मी सनराईज बैंक, प्राईम बैंक, नेपाल एसबीआई बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक, कृषि विकास बैंक,नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक, माछापुच्छ्रे बैंक, कुमारी बैंक, एनआइसी एसिया बैंक, सिटिजन्स बैंक, ग्लोबल आइएमई बैंक र एभरेस्ट बैंक रहेका छन् ।

प्रभु बैंक र सानिमा बैंकले भने, मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । बैकहरूले आज अर्थात् पुस १ गतेबाट लागु हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जहाँ आधा दर्जन बैंकहरूले भने, मंंसीर महिनाको अन्तिमबाटै लागू हुने गरी नयाँँ ब्याजदर सार्वजनिक गरेका हुन् ।