मोबाइल फोन इम्पोर्टर्स एशोसियसन र बोन्जोइ ट्राभलबीच सम्झौता
१ पुस काठमाडौं । मोबाइल फोन इम्पोर्टर्स एशोसियसनले बोन्जोइ ट्राभल प्रालिसँग सम्झौता भएको छ । मोबाइल फोन एशोसियसनका उपाध्यक्ष सञ्जय अग्रवाल र बन्जोइ ट्राभल प्रालिका सिइओ उपमा धितालले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
यस समझदारीको मूख्य सरोकार एमपीआइएका सरोकारवालाहरुका लागि यात्रा अनुभवलाई सावधानिपूर्वक परिष्कृत गर्दै उच्च बनाउनु हो । यो व्यवसायिक साझेदारी यात्रा सम्बन्धित सेवाहरुलाई व्यवस्थित गर्दै निर्वाध र समृद्ध यात्रा प्रदान गर्न व्यवस्था गरिएको हो । यी सेवाहरुमा झन्झट रहित टिकट सेवाहरु, दक्ष भिषा सहायता, विचारपूर्वक क्युरेट गरिएका टुर प्याकेजहरुका साथैविभिन्न सुविधाजनक होटल बुकिबहरु, प्रभावकारी यातायात समस्या समाधान, द्रुत प्राथमिक चेक इन सेवाहरु र व्यक्तिगत भेटघाट र अभिवादन सेवाहरु पर्दछन् ।
बाइल फोनका अध्यक्ष दिपक कुमार मलहोत्रा तथा उपाध्यक्ष सञ्जय अग्रवालले यस सहकार्यको बारेमा आप्mनो उत्साह व्यक्त गर्दै हाम्रा सरोकारवालाहरुसँग अनुपम सेवाहरु प्रदान गर्ने हाम्रो प्रतिवद्धतामा बन्जोइ ट्राभल प्रालिसँग सम्झौताले ठूलो साथ दिएको बताए ।