भोलि ३५ अर्ब रुपैयाँ निक्षेप तान्दै राष्ट्र बैंक
९ पुस काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढिरहने र कर्जा प्रवाह नहुने अवस्था निम्तिएपछि नेपाल राष्ट्र बैंकले एकै दिन ३५ अर्ब रुपैयाँ निक्षेप तान्न लागेको छ । शुक्रबार २५ अर्ब तानेको केन्द्रीय बैंकले त्यसको एक साता पनि नबित्दै मंगलबार (भोलि) एकै दिन बैंक तथा वित्तीय संस्थाहरूबाट ३५ अर्ब निक्षेप प्रशोचन गर्न लागेको हो ।
चालू आर्थिक वर्षभित्रै राष्ट्र बैंकले तरलता प्रशोचन गर्न लागेको यो चौधौं पटक हो । ब्याजदर बोलकबोलमार्फत १४ दिनका लागि निक्षेप तान्न लागिएको केन्द्रीय बैंकले जानकारी दिएको छ ।बैंकहरूमा अधिक निक्षेप रकम (तरलता) थुप्रिएपछि राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोलमार्फत त्यसलाई प्रशोधन गर्ने गर्छ ।