रु. २०.२५ अर्बको आन्तरिक ऋण नवीकरण गर्दै राष्ट्र बैंक


Capital Headline
प्रकाशित मिति : शुक्रबार, पौस १३ २०८०
2.1K
SHARES

१३ पुस काठमाडौं । नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड रुपैयाँ बढीको आन्तरिक ऋण नवीकरण गर्ने भएको छ।केन्द्रीय बैंक यसअघि ट्रेजरी बिलमार्फत उठाएको २० अर्ब २५ करोड रुपैयाँको आन्तरिक ऋण नवीकरण गर्ने भएको हो। जसमा ९१ दिने ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिने ५ अर्ब रुपैयाँ र ३६४ दिने ७ अर्ब ५० करोड रुपैयाँको ट्रेजरी बिल रहेका छन्। यी ट्रेजरी क्रमशः चैत २० गते, २०८१ असार १९ गते र २०८१ पुस १६ गते परिपक्व हुनेछन्।

यी ट्रेजरी बिल पुस १७ गते जारी हुनेछ। यसको बोलकबोल पुस १६ गते दिउँसो २ बजे हुनेछ।ट्रेजरी बिल १ वर्ष वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सोही प्रयोजनका लागि राष्ट्र बैंकले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो।