भारतीय विदेशमन्त्रीको भ्रमणबाट निजी क्षेत्र उत्साहित छ – अध्यक्ष कार्की
१९ पुस काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमण र सरकारले वैशाखमा गर्न लागेको लगानी सम्मेलन दुवै ऊर्जा क्षेत्रको विकासको लागि महत्त्वपूर्ण हुने बताएका छन् । उनले लगानी सम्मेलनलाई लिएर इप्पान उत्साहित रहेको बताए ।
नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको सातौँ बैठकमा सहभागी हुन बिहीबार भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आउँदै छन् । संयुक्त आयोगको बैठक भएको हुनाले दुई देशबिचको संयुक्त विषयका सबै एजेन्डाहरूमा छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।